काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १, वागमती, गण्डकीमा प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने विभागले जनाएको छ ।
त्यस्तै, आज राति प्रदेश १, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।