१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौंबाट स्टल सेक्टरमा जहाजहरु उडेनन्



अ+ अ-

काठमाडौबाट स्टल सेक्टरमा उडान हुने जहाजहरु आज कुनै पनि गन्तव्यमा उडेका छैनन् ।

उडान हुने गन्तव्यहरुको मौसम राम्रो भएपनि इनरुटको मौसम दिने कसले भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त भएको छैन ।

यस सम्बन्धमा कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ ।

आज भएको पर्वतीय उडानका पाईलट तथा अन्य नन-स्टलका पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिएपनि उडानको अन्यौलता कायम छ ।

सम्बन्धित निकाएको समन्वय बिना भएका यस्ता हचुवा निर्णयले यात्रुहरूले सास्ती बेहोर्नु परेको छ ।निर्णय सही भएपनि, निर्णय कार्यान्वयनका लागि आवश्यक भौतिक पुर्वाधार र समन्वय गरि सुरक्षित उडान गर्ने वातावरण बनाउन पाईलटहरूले आग्रह गरेका छन् ।

पछिल्लो परिस्थितिका कारण आन्तरिक उडानको प्रतिक्षामा रहेका यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।