१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रतिकूल मौसमले तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या



अ+ अ-

म्याग्दी । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या भएको छ । भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले १४ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको जानकारी दिनुभयो ।

“शव सङ्कलन, पहिचान, बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजनामा मौसमले चुनौती सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “घटनास्थलबाट डाँडामा सङ्कलन गरेर राखिएको शव ल्याउन र बेपत्ताको खोजीमा समस्या भएको हो ।” घटनास्थलमा रहेका स्थानीयवासी इन्द्रसिंह शेरचनले सुरक्षाकर्मीले डोरीको सहायताले भिरमा अड्किएका शव सङ्कलन गरेका बताउनुभयो ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको छ । करिब १०० जना नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी उद्धारमा परिचालन भएका छन् । नेपाली सेना, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिए पनि मौसमको प्रतिकूलताका कारण घटनास्थलतर्फ जान सकेका छैनन् । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हँुदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको थियो ।

पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।