२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जनताको बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई सुदृढ र सफल बनाउनुपर्छ: मुख्यमन्त्री राई



अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा १५औँ गणतन्त्र दिवसको अवसरमा आज विराटनगरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानको मर्मअनुसार गणतन्त्रलाई कार्यान्वयन गर्न सबैको काँधमा ठूलो जिम्मेवारी आएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले गणतन्त्र स्थापनापछि अहिले हामी सिकाइको क्रममा रहेको उल्लेख गर्दै जनताको विकास र समृद्धिको अनुभूति क्रमशः पूरा हुँदै जाने विचार व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र स्थापनापछि विभिन्न क्षेत्रका पछिपरेका नागरिकको हकअधिकार प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशको विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले रक्तदान जीवन दान भएको उल्लेख गर्दै स्वस्थ्य नागरिकले प्रत्येक तीन महिनामा रक्तदान गरी अन्य व्यक्तिको जीवन बचाउन सबैभन्दा ठूलो पुण्यकार्य हुने उल्लेख गर्नुभयो ।

उहाँले रक्तदान गर्ने दातालाई प्रमाणपत्र वितरण गर्नुभएको छ । सो अवसरमा सशस्त्र, नेपाल प्रहरी, मन्त्रालयका कर्मचारी, सर्वसाधारण गरी एक सय जनाले रक्तदान गर्नु भएको थियो ।

गणतन्त्र दिवसकै अवसरमा महानगरले बिहान प्रदेशसभा सचिवालय भवन क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको थियो ।