२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु, हजार मोडलका जुत्ता चप्पल,७० प्रतिशतसम्म छुट पाइने



अ+ अ-

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा वृहत जुत्ता चप्पल मेला सुरु भएको छ । मेलामा हजार मोडलका जुत्ता चप्पल रोजेर किन्न पाइने मेलाका संयोजक रामहरि तोलाङ्गले जानकारी दिनुभयो।

मेलामा जुत्ता चप्पल किन्दा ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएका हुन् । “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले भन्नुभयो ।

मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिनुभयो । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उहाँको भनाई छ ।

मेलामा भेटिनु भएका बानेश्वरका बासिन्दा सुरेश श्रेष्ठले नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा उत्पादन हुने गरेको कुरा आफूले विगतका मेलामा किनेका जुत्ता चप्पलको प्रयोगबाट महसुस गरेको बताउनु भयो । उहाँले विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न सपरिवार आएको जानकारी दिनुभयो । विदेशी जुत्ता चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “नेपाली जुत्ता चप्पल गुणस्तर र टिकाउ अनुसार मूल्य पनि सस्तो छ ।”

“विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीहरूको मानसिकता छ, त्यो गलत र भ्रम पूर्ण हो, विदेशीहरूभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्तो पनि छन्,” मेलामा भेटिएकी अर्की ग्राहक एलिशा ज्ञवालीले भन्नुभयो ।

नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अन्यत्र २५ सय रुपैयाँ पर्ने जुत्तालाई मेलामा आफूले ७ सय रुपैयाँमा पाएकाले मेलालाई आफूले अवसरको रुपमा लिएको ज्ञवालीको भनाई छ । मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भिड लागेको पाइएको छ ।