८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टेक्सास गोलीकाण्ड : अमेरिकाका रुवाबासी तस्बिर… प्रियजनसामु विश्वको ‘महाशक्ति’ लाचार



अ+ अ-

मारिएका सबै विद्यालयको एउटै कोठामा रहेका थिए

अमेरिकी अधिकारीहरूले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा मारिएका सबै एउटै कक्षाका रहेको बताएका छन्

टेक्सासको सार्वजनिक सुरक्षा विभागका लेफ्टिनेन्ट क्रिस्टोफर ओलिभरले सीएनएनलाई सबै पीडितहरू उभल्दीको रोब इलिमेन्टरी स्कूलको चौथो कक्षामा पढ्ने गरेको बताए ।

प्रहरीको जवाफी कारबाहीमा १८ वर्षीय आक्रमणकारी साल्भाडोर रामोस पनि मारिएको अधिकारीहरूले बताएका छन्। अनुसन्धानले रामोसको कुनै आपराधिक वा मानसिक रोगको इतिहास फेला पारेन।

रामोसले फेसबुकमा आक्रमणको घोषणा गरे

टेक्सासका गभर्नर ग्रेग एबोटका अनुसार बन्दुकधारी रामोसले विद्यालयमा हमला हुनुभन्दा केही मिनेटअघि सामाजिक सञ्जालमा उनले विद्यालयमा हमला गर्न लागेको लेखेका थिए।

रामोसले एआर–१५ बन्दुक प्रयोग गरी उभाल्डेको रोबको प्राथमिक विद्यालयमा आक्रमण गरेको गभर्नरले बताए। सुटिङको करिब आधा घण्टाअघि रामोसले सामाजिक सञ्जालमा तीनवटा पोस्ट लेखेका थिए ।

रामोसले आफ्नो हजुरआमालाई गोली हान्न लागेको लेखेका छन् । त्यसपछि उनले महिलालाई गोली हानेको लेखे । त्यसपछि उनले प्राथमिक विद्यालयमा शूट गर्न जान लागेको लेख ।

बच्चाहरूले आफ्ना साथीहरूलाई ‘युद्ध’ मा मरेको देखे : बिडेन

यस नरसंहारबाट दुखित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सांसदहरूलाई देशमा हतियारसम्बन्धी कानून कडा बनाउन भावुक अपील गरे।

‘यो कारबाहीको समय हो’ भनेर साथी सांसदहरूलाई मनाउन कति समय लाग्छ भनेर उनले सोधे। राष्ट्रपतिले गोलीकाण्डपछि शोक सन्तप्त राष्ट्रलाई सान्त्वना दिन खोजेका थिए ।

बाइडेनले भने, “साना बच्चाहरूले के भयो देखे। केटाकेटीहरूले आफ्ना साथीहरूलाई युद्धको मैदानमा मरेको देखे। बच्चा गुमाउनु भनेको तपाईंको आत्माको एक भाग च्यातिएजस्तै हो।”

अर्कोतर्फ, टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनले भविष्यमा यस्ता घटना हुन नदिन शिक्षकहरूसँग हतियार हुनुपर्ने बताएका छन् ।

विद्यालयमा बालबालिका सुरक्षित छैनन् भने उनीहरु कहाँ सुरक्षित हुने ?

टेक्सास स्कूलमा भएको गोलीकाण्डको घटनापछि प्रियंका चोपडा, सेलेना गोमेज, टेलर स्विफ्ट, आर माधवन जस्ता फिल्मी व्यक्तित्वहरूले अमेरिकामा हतियारसम्बन्धी कडा कानूनको आवश्यकता रहेको बताएका छन्।

विश्वभरका सेलिब्रेटीहरूले अमेरिकी सरकारलाई देशमा भइरहेको सामूहिक गोलीकाण्डका घटनाहरूलाई रोक्नको लागि समाधान खोज्न आग्रह गरे। घटनाप्रति आक्रोश व्यक्त गर्दै अभिनेत्री सेलेनाले बालबालिका विद्यालयमा सुरक्षित नभए कहाँ सुरक्षित हुने ? भन्दै प्रश्न गरिन् ।

विद्यालयमा गोलीबारीका घटनाको इतिहास

अमेरिकाका स्कूल र कलेजहरूमा वर्षौंदेखि गोली हानाहान र हिंसाका धेरै घटनाहरू भएका छन्। तर कोलोराडोको कोलम्बाइन हाई स्कूलमा सन् १९९९ मा भएको घटनापछि यस्ता घटनामा मृत्यु हुनेको संख्या बढेको छ ।

सान्ता फे हाई स्कूल, मे २०१८, अमेरिकाको टेक्सास राज्यको ह्युस्टन क्षेत्रको एक उच्च विद्यालयमा १७ वर्षीय युवकले गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश विद्यार्थी रहेका थिए ।

मार्जोरी स्टोनम्यान डगलस हाई स्कूल, फेब्रुअरी २०१८, पार्कल्याण्ड, फ्लोरिडा, संयुक्त राज्य अमेरिकामा एक स्कूलमा भएको आक्रमणमा १४ विद्यार्थी र तीन कर्मचारी को मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए ।

कोलम्बाइन हाई स्कूल, अप्रिल १९९९ लिटलटन, कोलोराडोमा, दुई स्कूलका विद्यार्थीहरूले आफ्ना १२ साथीहरू र एक शिक्षकको हत्या गरे र अरू धेरै घाइते भए। एजेन्सीको सहयोगमा