© 2023
एजेन्सी । फ्रान्सका सम्राट् नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुइटा पिस्तोल १६.९ लाख यूरो (झन्डै २४.५ करोड नेपाली रुपैयाँ)मा लिलाम भएका छन्। कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको ठानिन्छ। प्यारिसस्थित बन्दुक उत्पादक ‘लुई–मारिन गोसे’मा बनेका ती पिस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा राखिएको थियो।