© 2023
काठमाडौं । बुधबार साझ रत्नपार्क भित्र प्रबेश गर्दा लाग्थो कुनै चीनियाँ सहर भित्र गईरहेका छौँ । गेटदेखि नै चिनियाँ बिम्ब र संस्कृति झल्काउने आकर्षक बत्ति तथा सजाबटका सामग्री थिए । रत्नपार्क यति सुन्दर देखिएको थियो कि जहाँ राम्रा र उत्कृष्ट कार्यक्रमका लागि नयाँ गन्तव्यका रुपमा समेत चित्रित हुदै थियो ।