१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय सूचना आयोगद्वारा विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारको घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १५औँ वार्षिकोत्सवका अवसरमा आज ती पुरस्कारको घोषणा गरिएको हो ।

यस वर्षको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ बाट दुर्गा आचार्य (जलजला गाउँपालिका–७, पर्वत), कैलाश माझी (सप्तकोशी नगरपालिका ११, सप्तरी), उमिद बागचन्द (धनगढी उपमहानगरपालिका १, कैलाली) र मनोज रौनियार (वीरगञ्ज महानगरपालिका–८, पर्सा) पुरस्कृत हुनुभएको आयोगले जनाएको छ ।

यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९ बाट सत्यनारायण हुजदार (चौदण्डीगढी नगरपालिका, उदयपुर), गोकर्णराज वाग्ले (व्यास नगरपालिका, तनहुँ), दुर्गाप्रसाद शर्मा (जिल्ला समन्वय समिति, बाग्लुङ), निर्मल लामा (कमलामाई नगरपालिका, सिन्धुली) र राजु अर्याल (यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडा) रहनुभएको छ । उत्कृष्ट कर्मचारी पुरस्कारबाट विश्वबन्धु पौडेल (उपसचिव), डिल्लीराम भट्ट (शाखा अधिकृत) र हेमन्त रिज्याल (नायब सुब्बा) ले प्राप्त गर्नुभएको छ । आयोगको स्थापना दिवस बिहीबार वैशाख २२ गते एक समारोहको आयोजना गरी ती पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।

आयोगको स्थापना दिवसका अवसरमा सूचनाको हकमा कार्यरत संस्था, आमसञ्चारका माध्यम तथा सबैमा सूचनाको हकसम्बन्धी संवद्र्धन र संरक्षण हुने कार्यक्रम आयोजना, प्रचारप्रसार, प्रकाशन तथा प्रसारण एंव परिसम्वाद जस्ता कार्यक्रम गरी सूचनाको हकको प्रचलनमा सघाउ पु¥याउन आयोगले आग्रह गरेको छ ।