१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भिरबाट लडेर मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

बागलुङ । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भिरबाट लडेर मृत्यु भएको हो ।

घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उहाँलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

थापाको टाउकामा गहिरो चोट लागेको थियो । उहाँको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खस्नुभएको थियो ।