काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।
नीजि सचिवालयका अनुसार अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको छ । अध्यक्ष नेपाललाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ ।
अध्यक्ष नेपाल सोमबार बेलुकाबाट अस्वस्थ भएपछि यतिबेला आफ्नै अस्वस्थ गरिरहेको बताईएको छ ।