रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरेको हो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
तर बैठक पुनः स्थगित भएपछि अब असोज २० गते बस्ने गरी बैठक बोलाईएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ।