२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छ: गभर्नर अधिकारी (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताउनु भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताउनु भएको हो । उहाँले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताउनु भयो ।

गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताउनु भयो । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको बताउनु भयो । गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताउनु भयो । चालू आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ खोपको उपलब्धताका कारण महामारीको असर क्रमश कम हुँदै गएको अनुभव गरेका छौं ।कोभिडको असर कम भएसँगै आर्थिक गतिविधिहरुमा सुधार आएको छ । उद्योग तथा होटलहरुको अकुपेन्सीमा सुधार आएको अवस्था छ । कोभिड महामारीको कारण चालु आर्थिक वर्षको सुरुवात महिनामा आर्थिक गतिविधिहरु सिथिल रहे । राष्ट्र बैंकको कोभिड–१९ को असर सर्वेक्षण प्रविदेनले ४.२ उद्योगमात्रै बन्द भएको देखिएको थियो ।अर्थतन्त्र पुरउत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८÷७९को सुरुवातमा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुवात देखि नै सोधानान्तर स्थिति घाटामा रहन गयो । उक्त घाटा क्रमश बढ्दै गएकाले विदेशी विनिमय सञ्चिति घट्न गएको छ ।

विदेशी विनिमय सञ्चिति घटेर ७ महिना भन्दा कम समयको लागि बस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको छ । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको छ । कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने देखिएको छ । अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुवात देखि नै सोधानान्तर स्थिति घाटामा रहेको छ । यो केही समय कायम रहने देखिन्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति स्थिर रहेको छ । आगामाी दिनमा थप काम गर्न राष्ट्र बैक प्रतिबद्ध छ । थप उपायहरु नेपाल सरकारले हिजो मात्रै गरेको छ । आयात बन्देजको सल्लाह राष्ट्र बैंकले दिएको हो, कार्यान्वयन गरौं । सबै सरोकारवालाहरुको सहयोग हुने आशा गरेको छु ।’

त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताउनु भयो । उहाँले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताउनु भएको हो । उहाँले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताउनु भयो ।

अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको मिश्रले बताउनु भयो । उहाँले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताउनु भयो । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने मिश्रको भनाइ छ । उहाँले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताउनु भयो । पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नोटलाई चलनचल्तीका ल्याउने उद्देश्यका साथ स्थापना भएको नेपाल राष्ट्र बैंक अहिले भौतिक मुद्रा विस्थापन गरी डिजिटल करेन्सी चलाउनु पर्ने स्थिति तर्फ अग्रसर भएको छ । हाम्रा खाना, हाम्रा नाना र हाम्रो छाना सबै आयातित हुनुको परिपक्षमा बाह्य क्षेत्रमा दबाब देखिएको छ । दबाब कम गर्न राष्ट्र बैंक लागेको छ । अर्थतन्त्रको आवश्यकता बमोजिक केन्द्रिय बैंकको कहिले लचिलो त कहिले कसिलो हुनु पर्ने हुन्छ । बैंकले सोही बमोजिमको भूमिका निर्वाह गरिरहेको छ । कोभिडका बेला केही बैंक लचिलो भयो । अहिले कसिलो बन्नु पर्ने स्थिति छ । हाम्रो हरेक क्रियाकलाप पद्धति अनुसार सञ्चालन हुन्छन् । हुनुपर्छ । जसको प्रभाव प्रणालीमा पर्छ।’

कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।

NRB 67th Anniversary Governor's Speech 01-14