१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ४.९४ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहीबार नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटाको घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ । तर यता, निर्जीवन बीमा, वित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक घटेका छन्।

नेप्से परिसूचकसँगै दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा जाल्पा लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो । त्यस्तै, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १० करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार गरेर नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। नबिल बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।