पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘जीवनको लामो कालखण्डमा आरोह अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुबाआमाको सम्मान हामीले गर्न सक्नुपर्दछ ।’ सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने भन्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो । ज्येष्ठ नागरिकको जीवनलाई ससहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
विज्ञप्तिमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नु पर्दछ भन्ने सामाजिक मान्यतलाई थथार्यमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुन्छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान म सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछु ।’