२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनद्वारा नेपाललाई ५७ लाख सिरिन्ज र नौ वटा एक्स–रे मेसिन सहयोग



अ+ अ-

काठमाडौँ । केरुङ–रसुवागढी नाका हुँदै चीनको परराष्ट्र मन्त्रालयले दिएको ५७ लाख सिरिन्ज र नौ वटा एक्स–रे मेसिन नेपाल आइपुगेको छ ।

गत चैत दोस्रो साता नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर गरेका थिए । सोही समझदारीअन्तर्गत नेपाललाई कोभिड महामारीलाई हटाउन चीन सरकारले उक्त सहयोग गरेको हो ।

नेपालस्थित चिनियाँ राजदूत हाउ यान्कीले ट्विट गर्दै दुई मुलुकका विदेशमन्त्रीबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा महामारीलाई पूर्णरूपमा परास्त गर्ने कार्यमा भौतिक सहयोग प्रदान गर्न जारी राख्नेछौँ।”