काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक आधा घण्टा ढिलो बसिएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।
आजको बैठकमा पनि प्रमुख विपक्षी नेकपा एमालेको नारावाजी कायमै रहेको थियो ।
एमाले सांसदहरुले 'हाम्रो विरोध कायम छ…, पदिय मर्यादा कायम गर…' जस्ता नाराबाजी गरेका थिए ।