१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बुधबारदेखि मध्य भोटेकोसीको सेयर आउँदै



अ+ अ-

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले यही असोज २० गतेदेखि  साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सिन्धुपाल्चोकवासी र सर्वसाधारणका लागि  समेत सेयर निष्कासनको तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

कम्पनीको जारी पुँजी छ अर्ब रहेको छ। त्यसको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्कासन गर्न लागेको हो अर्थात् कम्पनीले  ६० लाख कित्ता सेयर सिन्धुपाल्चोकको आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका–१ र  ५, बाह्रबिसे नगरपालिका–५,  ६ बासिन्दाका लागि छुट्याएको  छ। 

त्यस्तै बाह्रविसे–७  र ८ का स्थायी बासिन्दाका लागि १८ लाख कित्ता र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ। यसबाहेक ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये पनि तीन लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीका लागि साढे चार लाख  कित्ता सामूहिक लगानी कोषको लागि र ८१ लाख ९० हजार कित्ता सेयर  सर्वसाधरणका लागि निष्कासन गर्ने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।