१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएलः लखनउद्वारा दिल्ली ६ विकेटले पराजित



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा लखनउले दिल्लीले दिएको १५० रनको लक्ष्य चार विकेट गुमाएर पुरा गरेको हो । लखनउका लागि क्विन्टन डी ककले ८० रन बनाए ।

लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ रोजेका थिए । दिल्लीले राम्रो सुरुवात गरेको थियो । पृथ्वी शले पहिलो विकेटको लागि ४५ बलमा ६७ रनको साझेदारी गरे। यस अवधिमा शाले ३० बलमा आफ्नो अर्धशतक पूरा गरे ।

त्यसपछि पृथ्वी ३४ बलमा ६१ रन बनाएर आउट भएपछि दिल्लीले ७ रनमै तीन विकेट गुमाएको थियो । तर, ऋषभ पन्त र सरफराज खानले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टोलीको स्कोर १४९ रनमा पुर्याएका थिए । दिल्लीका लागि सिजनको पहिलो खेल खेल्न आएका डेभिड वार्नर असफल रहे । उनले चार रन मात्रै बनाउन सके ।

दिल्लीका लागि पृथ्वीले सर्वाधिक ६१ रन बनाए भने ऋषभ पन्त ३९ रनमा र सर्फराज खान ३६ रनमा अविजित रहे । लखनउका रवि बिश्नोई सबैभन्दा सफल बलर बने । उनले २२ रन खर्चेर दुई विकेट लिए ।

दिल्लीले दिएको १५० रनको लक्ष्य पछ्याएको लखनउले राम्रो सुरुवात गर्दै पहिलो विकेटको लागि ७३ रन जोड्यो । केएल राहुल र क्विन्टन डी ककले टोलीलाई सानदार सुरुवात दिलाए । तर, राहुल २५ बलमा २४ रन बनाएर आउट भए । उनलाई कुलदीप यादवले आउट पारे । त्यसको केही समयपछि नै इभिन लुइस पनि सस्तैमा पेभिलियन फर्किए । दीपक हुडाले पनि खासै केही गर्न सकेनन् र १३ बलमा ११ रन बनाएर आउट भए । तर, क्विन्टन डी ककले रन बनाउने क्रम जारी राखे र आउट हुनुअघि ५२ बलमा ८० रन बनाए ।

अन्तिम ओभरमा क्रुणाल पाण्ड्या र आयुष बडोनीले महत्वपूर्ण साझेदारी गरे । दुई बल बाँकी रहँदा लखनउले खेल जित्यो । क्रुणाल १४ बलमा १९ रनमा अविजित रहे भने आयुषले तीन बलमा १० रन बनाए ।