काठमाडौं।नेपाल आयल निगमले डिजेल, पेट्रोल मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।यो सँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
यस्तै एलपी ग्यासको मूल्य पनि बढेको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।