१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राहदानी बनाउनेको भीड



फाईल फोटो
अ+ अ-

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ । अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज नबनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

उनका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । उनले भने, “दशैँ आसपास प्रायः राहदानी बनाउनेको भीड नै हुन्छ, त्यसमाथि यस पटक कोभिड महामारीको बन्दाबन्दी पनि खुलेकाले बढी भीड देखिएको हो ।”

विभाग नयाँ विद्युतीय राहदानी नेपाल भित्र्याउने तरखरमा रहेका बेला मिति सकिएकै कारण पनि कतिपय नेपाली नागरिक बाध्यतावश हालकै अवस्थामा एमआरपी राहदानी बनाउन आएका छन् । आउनेमध्ये विदेशमा रहेका आफन्तको साथमा दशैँ, तिहार मनाउने उद्देश्यका साथ त्यता जान राहदानी तथा अन्य कागजपत्र बनाउन आउने गरेको उनले बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।