१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चारवटा पाटेबाघको घेराबाट जोगिएकाको अनुभव : ‘आफू बाँचेको विश्वासै भएन’



अ+ अ-

काठमाडौं । बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी  खड्काले भोलिपल्ट बाघको  डरले  घरबाट बाहिर निस्कन नसकेको बताए ।  

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको जङ्गलमा भैँसी, बाख्रा  चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए । “चारवटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ”, खड्कासँगै बाघको घेरामा परेका सेतु ओलीले भने । उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरे । बाघबाट जोगिन तीनवटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका  हात्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो  ।   

ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफूूहरूलाई झम्टिन  नसकेपछि बाख्रा र भैँसीलाई  लखेट्दै  तितरबितर  पारेका  थिए । बाघले रुखवरिपरि घेरा हालेर दाह्रा र नङ्ग्रा ठीक पारेको अवस्था निकै पीडादायी रहेको हीरा खड्काले बताइन् । खड्काले त्यो क्षण सझिइन् “भैँसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौँ,एक्कासि भैँसी र बाख्रा दौडिन थाले । हेर्दा त चारवटा पाटेबाघ नजिकै आइसकेका थिए, ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौँ, बाघ हामीलाई घेरा हालेर भुइँमा बसे । अनि हाम्रो त सातोपुल्तो गइहाल्यो नि ।”, यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।