१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बेपत्ता वा मृत्यु भएकाको न्यायिक घोषणाका लागि अदालत धाउने बढे



अ+ अ-

रोल्पा । सशस्त्र युद्ध तथा अन्य कारणले लामो समयसम्म बेपत्ता भई घर नफर्किएपछि बेपत्ता वा मृत्युको न्यायिक घोषणाका लागि जिल्लाका आफन्तहरु अदालत धाउन थालेका छन् ।

मुलुकी देवानी संहिता २०७४ मा बेपत्ता वा मृत्युको न्यायिक घोषणाको प्रावधान समावेश भएयता निवेदन दिन अदालत धाउनेको सङ्ख्या बढ्न थालेको हो । जिल्ला अदालतका नायब सुब्बा केशव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेपत्ता वा मृत्यु भएका व्यक्तिको न्यायिक घोषणाका लागि निवेदन दिनेको सङ्ख्या आर्थिक वर्ष २०७७/७८ तीन पुगेकामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म आठवटा निवदेन परेका छन् । ती निवेदनमध्ये अदालतले पाँचवटा निवेदन फछ्र्यौट गरेको गरिसकेको छ ।

“विशेष प्रकृतिको निवेदनका आधारमा बेपत्ता वा मृत्युको न्यायिक घोषणाका लागि प्रक्रिया सुरु हुन्छ”, अदालतका रजिष्ट्रार प्रेम खड्काले भन्नुभयो, “बाह्र वर्षभन्दा बढी समयदेखि बेपत्ता भएकाहरुलाई बेपत्ता वा मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रावधानअनुसार निवेदन आइरहेका छन् ।”। दसवर्षे सशस्त्र युद्धको समय बेपत्ता भएका तथा रोजगारीका लागि विदेश गएर नफर्किएका व्यक्तिका नातेदारले बेपत्ता वा मृत्युका लागि न्यायिक घोषणाको निवेदन दिने गरेका छन् । जिल्लामा बेपत्ता वा मृत्युको न्यायिक घोषणा गर्नेको मात्रा बढ्दै जानसक्ने उहाँको भनाइ थियो ।

माओवादी द्वन्द्वका कारण मानसिक तनाव उत्पन्न भई २१ वर्षदेखि श्रीमान् बेपत्ता भएकाले न्यायिक घोषणाका लागि अदालतमा निवेदन दिनुभएकी रोल्पा नगरपालिका–४ की दीर्घा कमिनीले सबै अचल सम्पत्ति श्रीमान्को नाममा रहेकाले जग्गाको हक हस्तान्तरणलगायत धेरै काममा समस्या भोग्दै आएका थियौँ अब न्यायिक घोषणाको प्रमाणपत्र पाएसँगै उहाँको नाममा रहेको जग्गा हकवालाको नाममा हस्तान्तरण गर्न सहज भएको बताउनुभयो ।

दीर्घाका श्रीमान् दुर्गे कामी ७ माघ २०५७ सालमा द्वन्द्वका कारण मानसिक विक्षिप्त भई घरबाट निस्किएर बेपत्ता भएका थिए । दसवर्षे सशस्त्र द्वन्द्वमा रोल्पाबाट ३३ जना बेपत्ता भएको अभिलेख छ । स्थानीय शान्ति समितिको अभिलेखअनुसार जिल्लामा द्वन्द्वका कारण बेपत्ता यी नागरिकको अवस्था अज्ञात छ । राज्य पक्षवाट २७ र विद्रोही पक्षबाट छ जना बेपत्ता पारिएको उल्लेख छ ।