१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कतार विश्वकप २०२२ को ‘ड्र’ आज



अ+ अ-

एजेन्सी । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप २०२२ को अन्तिम ‘ड्र’ आज शुक्रबार हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार कतारको दोहामा हुने ड्र नेपाली समय अनुसार शुक्रबार राति ९ः४५ मा सुरु हुनेछ।

विश्वकपमा छनोट भएका टिमहरु ८ समूहमा बाँडिनेछन् । फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको छ ।

विश्वकपका लागि हाल २९ राष्ट्र छानिएका छन् । जसमा आयोजकको रुपमा कतारले पोजिसन ए वानबाट पोट १ मा स्थान लिएको छ । कतारसँगै पोट १ मा विश्व वरीयताको शीर्ष सात टोलीहरुसँग सामेल छन् । जसमा ८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पोट २ मा छन् ।

त्यस्तै १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा छन् भने पोट ४ मा २४ देखि २८ औं स्थानका वरीयताको टोलीहरु रहेका छन् । यसै पोटमा अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरू सामेल हुनेछन् ।

२०२२ को विश्वकप समरमा हुने तालिका रहेपनि कतारमा हुने गर्मीका कारण यस पटक नोभेम्बर २१ बाट विश्वकपका खेलहरु सुरु हुनेछन् । फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।