१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विमानस्थलमा चिप्लिएको जहाज ग्राउन्डेड



अ+ अ-

काठमाडौं । का ठमाडौँबाट नेपालगञ्ज उडानका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ नजिकैको घाँसमा फसेको श्री एयरलाइन्सको जहाज ग्राउन्डेड गरिएको छ।

उडानका लागि ट्याक्सी मार्गतर्फ जाने तयारी गर्दा विमानको बायाँतर्फको चक्का घाँस क्षेत्रमा फस्न पुगेको थियो। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मङ्गलबार बिहान ९ बजेर ३३ मिनेटमा उक्त जहाज घाँस क्षेत्रमा फसेको थियो। 

जहाजलाई करिब दिउँसो १२ बजे त्यहाँबाट निकालेर ग्राउन्डेड गरिएको उनले बताए ।  प्राविधिक परीक्षणपछि मात्र उक्त जहाजलाई उडानको अनुमति दिइने उनले जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।