१७ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल–सिङ्गापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर



अ+ अ-

काठमाडौं । नेपाल सिङ्गापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन हुनुभएको छ ।

कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा योगदान पु-याउनुभएका कुँवर नेपाल घरजग्गा व्यवसायी महासङ्घका द्वितीय उपाध्यक्ष, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष एवं नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष हुनुहुन्छ । उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

उपाध्यक्षमा सञ्जयकुमार अग्रवाल र विनोद ढकाल, महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देवआनन्द सरवगी र दिनेश बज्राचार्य चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजयसिंह वैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दीपेश तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री खतिवडालाई चयन गरिएको छ ।

समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ ।