काठमाडौं । नेपाललाई चीनले कोभिड १९ विरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी गराएकी हुन् ।
राज्यमन्त्री श्रेष्ठले कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्ने पनि ट्वीटरमा उल्लेख गरेका छन्।
चीनले यसअघि नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो ।