काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा रहेका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । एमसीसीको विरोधमा सुरुदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभा आयोजना गर्दैछन् ।
खुलामञ्चमा हुने जनसभामा सत्ता साझेदार दलमध्येका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले समेत सम्बोधन गर्ने बताइएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रमु्ख प्रतिपक्षी नेकपा (एमाले) का नेता भीम रावलले पनि जनसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँहरु सबै एमसीसीको विरोधमा हुनुहुन्छ ।
जनसभामा सत्ता गठबन्धनबाट बाहिरिएको संयुक्त जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरूले पनि जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।