१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’



अ+ अ-

काठमाडौँ । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

बुधवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार पर्ने यस वर्षको विश्व क्षयरोग दिवस ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी गराएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा ”Invest to end TB Save Lives′′ तय गरेको छ ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए । क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा भने गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ । क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रले बताएको छ ।