१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

२८.२ प्रतिशतले लाए कोरोना खोप



अ+ अ-

काठमाडौं । नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्। 

१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ।  

त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्यांक छ। सरकारले असोजभित्रै कुल जसनंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले ३३ प्रतिशत पुग्न नसकेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए।

विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिका जनसंख्याका लागि कोभिड–१९ विरुद्धको खोपको अनुमति नदिएकाले खोप भएर पनि लगाउन नसकिने स्थिति भएकाले कुल जनसंख्याको ३३ प्रतिशत पुग्न नसकेको उनको भनाइ छ। ‘खोप भए पनि विश्व स्वास्थ्य संगठनले १८ वर्ष मुनिका र १२ वर्षमुनिको जनसंख्यालाई अनुमति दिइसकेको अवस्था थिएन,’ प्रमुख डा. लालले भने। तर, १८ वर्षमाथिको जनसंख्यामा भने खोप लिनेको संख्या ३३ प्रतिशत पुगिसकेको उनले बताए। तथ्यांकअनुसार १८ वर्षमाथिका ३२.६ प्रतिशतले दुवै डोज खोप लिइसकेका छन्।  

यसैबीच भेरोसेल खोपको पहिलो मात्रा लिएकाहरूका लागि कात्तिक ४ गते बिहीबारदेखि देशभरि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालभरका मुख्य २४ वटा सरकारी अस्पतालबाट सो खोप दिइने तयारी भएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।