काठमाडौँ। बागमती प्रदेशमा नेपाली काग्रेस र नेकपा एकीकृत समाजवादी बीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ ।
सत्ता गठबन्धनमा रहेका दलका शिर्ष तहमा भएको सहमति अनुसार सुरुमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र ६ महिना पछि नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले मुख्यमन्त्री पद सम्हाले सहमति भएको एक नेताले जानकारी दिनुभयो । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि दलहरु बीच आलोपालो गर्ने सहमति भएको हो ।
यस अघि काँग्रेसका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीमा दाबी गर्दै आउनु भएको थियो । काग्रेस नेता शेखर कोइरालाले केही समयका लागि मुख्यमन्त्री पद लिन नहुने बताएपछि बानियाँले कर्मचारीले पार्टी चलाउन सक्दैन भन्दै कोईरालाको आलोचना गर्नुभएको थियो ।