१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी



अ+ अ-

आदेन । यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् । ती विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् ।
 
सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन् । हुथी विद्रोही समूहले यसअघि सो सहर पूरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार हुथीहरुले सहरका विभिन्न नाकाहरुमा आफ्ना सेना र हातहतियारहरु लगेका छन् भने सहरका बाहिरी नाकाहरुमा उनीहरुका सशस्त्र विद्रोहीहरु तैनाथ गरी राखेका छन् ।
 
विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए । उनीहरुले यो सहर पटक पटक आफ्नो कव्जामा लिने गरेका छन् । यो सहरलाई विद्रोहीहरुले रणनीतिक हिसाबले महत्वको ठान्ने गरेका छन् । विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्– एक सैन्य अधिकारीले भने ।
 
इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएको थियो । हुथी विद्रोही समूहले यसअघि सरकारी नियन्त्रणमा रहेको मारिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ ।
 
मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्यत्र विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याई युद्धविराम गराउने प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । (रासस-सिन्ह्वा)