काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने नेताको रुपमा चित्रित गर्नुभएको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा माइतीघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उपसभापति गुरूङले भन्नुभयो ‘गिरिजाबाबुले जुन जोखिमले माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा डोहोर्याएर लिएर आउनु भयो अहिले अध्यक्ष प्रचण्ड कचौरा लिएर कहिले बालकोट त कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्ने गरेका छन्,।’
उहाँले प्रचण्डलाई आफ्नो स्पष्ट अडान र राजनीतिक मार्गमा हिँड्न आग्रह समेत गर्नुभएको छ ।