काठमाडौँ। नेपाल बारको अबरोध बीच प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालतमा नै प्रवेश गर्नुभएको छ ।
सर्वोच्चको मुल ढोका अगाडी नाराजुलुस सहित धर्नाका बसेका कानूनव्यवसायीलाई छल्दै राणा सर्वोच्च अदालतमा प्रवेश गर्नुभएको हो । राणाले अदालत प्रवेश गरेसँगै २२३ मुद्दा सुनुवार्इका लागि पेसी तोक्नुभएको छ । उहाँले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन समेत गठन गर्नुभएको छ ।
जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।