यतिवेला संविधान निर्माणको काम घनिभूत रुपमा चलिरहेकोछ । दिन दिनै जसो संविधान निर्माणका वैठकहरु वसीरहेका समाचारहरु आईरहेकाछन् । संवाद समिति सहमति जुटाउने कार्यमा रातोदिन लागि परेकोछ । मस्यौदा समिति सहमति भएका विषयहरुमा मस्यौदा गरिसकेर काम नपाएको प्रचार गरेर वसेको अवस्था छ । संविधानसभाको पुर्ण वैठक पटक पटक वस्दै संवाद समितिका प्रतिवेदनहरु ग्रहण गर्दै र म्याद तोक्दै फेरि संवाद समितिमा फर्काउदै गरेको अवस्था छ । माघ आठ गते संविधान आउने कुरामा ढुक्क हुन जनतालाई आश्वस्त पार्दै नेताहरु संचार माध्यमहरुमा छाउन छाडेका छैनन् । तर समाचारमा आएजस्तो स्थिति उत्साहजनक छैन । संविधानसभावाट संविधान वन्ने कुरा निकै चुनौतिपुर्ण वनेको छ ।
अघिल्लो संविधानसभाको स्वामित्व ग्रहणः
यो संविधानसभाले यस अघि भएका काम कारवाहीको स्वामित्व ग्रहण गरेको छ । त्यसै आधारमा संविधान निर्माणको कार्यतालिका वनाएको छ । अघिल्लो संविधानसभाले वनाएको अवधारणाका आधारमा तयार भएका प्रारम्भिक मस्यौदाहरुलाई स्वीकार गर्ने वाचा गरेको हो । हिजो संविधानसभाको यात्रा जहा रोकिएको थियो त्यहावाटै आरम्भ गर्ने सहमति र निर्णय पनि भएको थियो । तर आज त्यस अनुसार काम भएका छेनन् । खास गरी कांग्रेस एमालेको एउटा तप्का जो अघिल्लो संविधानसभाले गरेको कामको जानकारी पनि छैन जानाकारी लिन पनि चाहदेन र जानाकारी लिए पनि त्यसलाई ग्रहण गर्न चाहदैन । त्यसैले उ विल्कुल शुन्यवाट तर्क गर्न आरम्भ गर्दछ । त्यसकारण संविधान निर्माणको काम जटिल वनेको छ । जटिल मात्रै वनेको छैन अन्तरविरोधी पनि वनेकोछ । स्वामित्व ग्रहण गर्ने र त्यसलाई स्वीकार नगर्ने यस्तो अवस्थामा संविधान निर्माण कार्य फसेकोछ ।
गणितको गन्तीः
अघिल्लो संविधानसभामा गणितको गन्ती त्यति धेरै भएन तर यस पटक निकै धेरै हुने गरेकोछ । अघिल्लो गणित यस पटक उल्टिएकोछ । अघिल्लो पटक माओवादी सहित परिवर्तनकारीहरुको दुई तिहाई वहुमत थियो एमाले कांग्रेसहरुको एक तिहाई थियो । तर यस पटक माओवादी सहित परिवर्तनकारीहरु एक तिहाईको अवस्थामा र एमाले कांग्रेस जस्ता यथास्थितिवादी दलहरु दुई तिहाईको अवस्थामा छन् । त्यसकारण गणितको गन्ती निकै धेरै भएको छ । एमाले कांग्रेसहरुले आफु दुई तिहाईको अवस्थामा रहेकोले माओवादी र मधेशवादीहरुसंग संझौता र सहमति गर्न आवश्यक नठानेको अभिव्यक्ति वैठकमा खुलेर दिन थालेकाछन् । संविधानका एजेण्डाहरुमा पनि उनीहरु विल्कुल यथास्थितिवादी र कतिपय मामलामा त प्रतिगामि नै भएर पनि प्रस्तुत हुने गरेकाछन् । पछिल्लो सहमति जेष्ठ दुईको भएको थियो । त्यसलाई उनीहरु मानिरहेका छैनन । त्यसभन्दा पनि अघि थुप्रै सहमति भएका थिए त्यसलाई पनि मानिराखेका छैनन् । संविधानसभाका सहमतिहरु पनि उल्टाउदैछन् कतिपय मामलामा त अन्तरिम संविधान र कतिपया मामलामा २०४७ सालको संविधानभन्दा पनि पछि फर्कने गरी निर्णय गर्न उद्दत भैरहेको अवस्था छ । यसले गणितको गन्ती गलत ढंगले भैराखेको अवस्था छ । यो गणित परिवर्तनको हैन यथास्थितिको नेतृत्व गरिराखेको छ कतिपय अवस्थामा भने यसले प्रतिगमनलाई नै माथ गर्ने काम पनि गर्न उद्दत हुदैछ जो विल्कुल जायज छैन ।
दाउपेच आफना आफनैः
नेपाली कांग्रेस सत्तामा छ । सत्ताको स्वादमा उ चुर्लुम्म डुवेको अवस्था छ । उसलाई २०४७ सालको संविधान नै काफी थियो अन्तरिम संविधान नै उसकालागि वढी भएको छ भने नया संविधान त उसको प्राथमिकताको विषय नै हैन वाध्यात्मक हिसावले उसले स्वीकार गर्ने कुरा मात्रै हो त्यसैले उ संविधान वनाउने तयसमा पनि अग्रगामि सोच सहितको संविधान वनाउने प्रकृयामा कहिल्यै भएन र आज पनि छैन सायद भोलि पनि हुने छैन वरु संविधान वनाउने वाहानामा सरकारतिर कसैको आखा नलागे हुन्थ्यो भन्ने नै उसको ध्यान छ भने संविधानका छलफलहरुमा पनि प्रगतिशिल एजेण्डाहरुलाई कसरी भुत्ते वनाउन सकिन्छ भन्नेमा उसको अझे वढी ध्यान केन्द्रित भएको अवस्था छ । उता एमाले सत्ताको साझेदार पनि छ कांग्रेसभन्दा वढी हालि मुहाली चलाएको अवस्था पनि हो । तर यतिले मात्रै उसलाई पुगेकोछैन । एमाले सम्पुर्ण सत्ताको नेतृतव आपफैले गर्न पाउने अवस्थाको सिजृना गर्ने जुक्तिमा छ । अहिले सहमति नगरे माघ आठमा संविधान आउदैन संविधान नआए शुशिल कोईराला नेतृत्वको सरकारको वैधता समाप्त हुन्छ अनि आफुले नेतृत्व गर्न पाईन्छ त्यसपछि मात्रै सहमति गर्ने दाउमा उ छ त्यसकारण एमाले र कांग्रेसको शिर्ष नेताहरु विरलै मात्रै वैठकमा उपस्थित हुने र उपस्थित भए पनि सुल्झाउने तिर हैन वल्झाउने तिर मात्रै ध्यान केन्द्रित गर्ने गरेका छन् । यस्तो अवस्थामा माघ आठ सवैको दाउपेचको तिथि मात्रै वन्ने गरेको छ ।
पार्टी भित्रैका दाउपेचहरुः
संविधान निर्माणकालागि लागि परेका खासगरी तिन दल आपसमा चुनौतिहरु त छदैछन् आन्तरिक रुपमा आफै भित्र पनि स्वच्छता र हार्दिकताका वीचमा छैनन् । माओवादी ताकतमा खस्केको छ हिजो चालिस प्रतिशत छदा संविधान ल्याउन सकेन आज उ चौध प्रतिशतमा झरेको छ । ताकत र तकनिकी दुवैमा उ फेल भएको छ । यसकारण उसको शक्तिसंग आज अरु दलहरु डराउने र टेर्ने मुडमा छैनन त्यसका अतिरिक्त पनि आफनो आन्तरिक पार्टी जिवन अत्यन्त निराशाजनक छ जसले कुनै तकत दिईराखेकै छैन । यसो त अरु पार्टी पनि अछुतो छैनन् एमाले र कांग्रेस औपचारिक रुपमा सिगा सिगै पार्टी भए पनि व्यवहारिक रुपमा दुई पार्टीका रुपमा छन् । कोईराला र देउवा प्रतिशतको भागवण्डा देखा देखी नै छ भने एमालेमा यही भागवण्डा नगरेर ओली पक्षले एकलौटि गरेका कारणले अर्को माधव नेपाल खेमा रुष्ट छ । यही दाउपेच संविधान निर्माणमा लगाउदैछन् जो कुनै पनि हालतमा सकारात्मक हुनै सक्दैन । यिनै दाउपेचहरुका वीचवाट विचार मिल्ने र एजेण्डा मिल्नेहरुको गठजोड वनाउन सक्दा मात्रै अलिकति मात्रै भए पनि अग्रगामि संविधान लेखिने संभावना छ अन्यथा जनयुद्ध जनआन्दोलन मधेश आन्दोलन लगायतका अधिकारकालागि चलाईएका जनताका आन्दोलनहरुप्रति निकै ठुलो धोका हुने निश्चित छ ।
अन्तमाः
संविधान निर्माण निकै चुनौतिपुर्ण ठाउमा पुगेकोछ । परिवर्तनकारी शक्तिहरुको झिनो शक्तिका कारणले यथास्थितिवादीहरु हौसिएकाछन् र परिवर्तनको विल्कुल गन्द आउन पनि नपाउने गरी संविधान नामको संविधान जारी गर्ने र आफनो सत्ता लम्व्याउने ध्याउन्नमा उनीहरु लागेका छन् । सत्तामा तिव्र अन्तरविरोध भए पनि संविधानका एजेण्डामा यथास्थितिवादीहरुको सहमति हुने गरेको यो घडीमा क्रान्तिकारीहरुले आफनो नेतृत्व क्षमता प्रदर्शन गर्न जरुरी छ । आफनो कार्यदिशामा समिक्षा गर्दै तात्कालिक कार्यनीतिको निर्धारण गर्दै प्रतिकुल परिस्थितिलाई अनुकुलतामा परिवर्तन गर्न सक्दा मात्रै देश र जनताका हितमा संविधान वन्ने छ अन्यथा संविधान सभा नामको संसदवाट नया संविधान नामको पुरानै अन्तरवस्तु भएको संविधान जारी हुनेछ । जसले समाजका अन्तरविरोधहरुलाई हल गर्न सक्ने छैन फेरि अर्को आन्दोलनको तयारीकालागि उत्प्रेरित सम्म गर्नेछ । आन्दोलनकालागि पनि परिस्थितिलाई अनुकुलतामा परिणत गर्न सक्दा मात्रै र जनताको मनोविज्ञानमा परिवर्तन आउन सकेमात्रै संभव तुल्याउनेछ । फेरि एकपटक अविश्वासका वादलहरु फार्दै आशा र विश्वासको वातावरण तयार गर्न जरुरीछ ।