८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शिक्षाको खाडलमा पुरिएको विद्यार्थीको भविष्य



अ+ अ-

 -आशिष नेपाल-

हरेक वर्ष हाम्रो देशमा दशै भन्दा पनि ठूलो चांड आउँछ जसमा सहभागी हुुन्छन् विधार्थी, शिक्षक, अभिभावक, साथीभाइ, शिक्षा प्रणाली र देशको भविष्य । त्यो चाड हो एस.एल.सी चालु वर्षको अन्तिम महिना चैत्र देखि सुरु भएर नयाँवर्षको दोस्रो वा तेस्रो महिनाको दोस्रो साता सम्ममा पुगेर टुङगीन्छ एस.एल.सी. चाड । अनि फैसला हुन्छ कयौं विद्यार्थीको भविष्यको । जसमा अधिकांशको असफलता र अन्धकार भविष्यको घोषणा गरिन्छ । हरेक वर्ष देशले यो बिडम्वना भोग्दै आएको छ । ५ वर्षको बालक अवस्थादेखि नै हरेक अभिभावकले आउने ५ वर्षको लागि आफ्ना नानीहरुलाई युद्धमा भिड्ने सिपाई जस्तो तयार गर्छन् । यस्तै प्रयास छ निजी विद्यालयहरुको पनि तर सरकारी विद्यालयमा यो प्रयास अलि कम देखिन्छ ।
निजी विद्यालयहरुले शिक्षा वजारमा आफ्नो साख वचाई राख्न तीनका विद्यार्थीहरुले प्रतिस्पर्धामा बाजी मारे मात्र त्यो सम्भव हुने भएकाले उनीहरुलाई एस.एल.सी.मा खरो उतार्न कडा भन्दा कडा परिश्रम गराउने होडवाजी छ । उनीहरुको उमेर भन्दा बढीको भार थपि दिन्छन्, केवल आफ्नो विद्यालयको नाम विकाउनका लागि मात्र । आश्चर्यको कुरो त के छ भने जहाँ नीजी विद्यालय ज्यान फालेर शिक्षा व्यापारको प्रतिस्पर्धामा भिडेको छ त्यहीं निर सरकारी विद्यालय किन सुस्ताएको छ ? बुझ्न नसकिएको कुरो के छ भने सरकारी विद्यालय यसरी पछि पर्नुका कारण शिक्षक र व्यवस्थापन अयोग्य भएर हो वा त्यहांबाट हुन नसक्ने व्यापारीक लाभका कारणले ?
विद्यार्थीहरु १० वर्षको मेहनत र लामो पर्खाई पछि एस.एल.सी. को नतिजा सम्म आई पुग्छन । समयको यो विन्दु उनीहरुको लागि भविष्यको निर्णायक समय हुन्छ । जहाँ ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरु निजि विद्यालयबाट उत्तीर्ण भएका हुन्छन् भने त्यहि प्रतिस्पर्धामा सरकारी विद्यालयका ४० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन पनि धौधौ परिरहेको हुन्छ । समग्रमा एस.एल.सी. को राष्ट्रिय नतिजा जहिले पनि ५० प्रतिशत भन्दा मुनिनै हुन्छ । अर्थात् प्रतिस्पर्धामा भिड्नेहरु मध्ये आधा भन्दा बढी असफल सावित हुन्छन् ।
खैर, असफलहरुलाई एकछिन विर्सिएर सफलहरुकै कुरा गर्ने हो भने पनि एस.एल.सी.पछिको अर्को दुर्भाग्य विद्यार्थीहरुले भोगीरहेका हुन्छन् । नाम चलेका ठूला ठूला कलेजमा केवल त्यी विद्यार्थीलाई मात्र भर्ना लिइन्छ जुन विद्यार्थीले एस.एल.सी.मा ६० प्रतिशत देखि लिएर ९० प्रतिशत सम्म अंक हासिल गरेका हुन्छन् । त्यस्ता कलेजहरु जुन ८० देखि ९० प्रतिशत ल्याउने विद्यार्थी मात्र भर्ना लिन्छन्, अनि उनीहरु नै भन्छन् कि हाम्रो कलेजले त यो वर्ष शत प्रतिशत विद्यार्थी १०० प्रतिशत अंकले उत्र्तीण गराउन सफल भयो ।
…अनि मलाई लाज लाग्छ जब यस्ता शब्दहरुको प्रयोग हुन्छ । ती विद्यार्थीहरु जो ६० प्रतिशत भन्दा कम अंक लिएर पास भएका छन् या सरकारी विद्यालयबाट आएका छन् तिनीहरुको के दोष छ ? के तिनीहरुलाई राम्रो कलेजमा पढ्न पाउँने अधिकार छैन् ? त्यस्ता महँगा कलेजहरुको फिस तिर्दैमा अभिभावकहरुको जीवन भरीको पसिना सकिन्छ । एकातिर अभिभावकको क्षमताले नभ्याउने, अर्कोतिर न राज्यले नै शिक्षामा सहुलियत दिने, न त कुनै कामको ग्यारेन्टी नै । अनि ती मजबुर विद्यार्थीहरु कोही राम्रो शिक्षाको खोजिमा वेलायत, अमेरिका त कोही कामको खोजिमा खाडी मुलुक जान बाध्य छन् ।
आखिर शिक्षा क्षेत्रमा राज्यको यत्रो लगानी हुदाँ हुदै किन हाम्रो देशको शिक्षा गुणस्तरीय हुन सकेको छैन ? किन सरकारी स्वामित्वका विद्यालय, क्याम्पस र विश्वविद्यालयहरु गुणस्तरहीन र नालायक बनिरहेका छन् ? किन हरेक वर्षको एस.एल.सी. परीक्षाले बढी संख्यामा असफलहरु उत्पादन गर्छ ? हाम्रो देशको शिक्षा प्रणालीमा यो एउटा ठूलो चुनौतिपूर्ण प्रश्न तेर्सिएको छ ?

[email protected]

Source : harekpal.com