११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बनेपाको पाउरोटी उद्योगमा सिल



अ+ अ-

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।

विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको भेटिएकाले उत्पादन बन्द गराउन सिल गरिएको डिभिजन कार्यालयका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । उद्योगले विशेषगरी बनेपाका अधिकांश विद्यालयमा पाउरोटी पठाउने गरेको शाक्यले बताउनुभयो ।

अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिँदा विद्यालयका बालबालिकामा अखाद्य वस्तु पठाएकाले पाउरोटी उत्पादन गर्ने भट्टीमा दुई वटा सिल गरिएको हो । सरसफाइ एवं कारखाना मापदण्डअनुसार व्यवस्थित गरी विभागबाट अनुमित लिएपछि मात्रै उद्योग सञ्चालन गर्न चेतावनी दिइएको छ । यसअघि डिभिजन कार्यालयको अनुगमन टोलीले गत मङ्सिर २४ गते अनुगमनका क्रममा बिना अनुमति तारादेवी गौतमले सञ्चालन गर्नुभएको नमोबुद्ध नगरपालिका–७ भकुण्डेस्थित विष्णु बेकरी क्याफे बन्द गरेको थियो ।

टोलीले भकुण्डेका तीन वटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको थियो । साथै नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरी मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाएपछि होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिई म्याद नाघेका पाँच हजार रुपैयाँ बराबरको कोक, पेप्सी, स्प्राइट पेयपदार्थ नष्ट गरेको थियो । रासस