

काठमाडौं । नेपाली लोक दोहोरी गायिका बिष्णु माझी लामो समयदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी छिन् । नोपाली लोक दोहोरी गायनमा निकै चर्चा बटुलेकी माझी एकाएक गयब भएपछि नेपाली संगित क्षेत्रमा तहल्का मच्चेको छ ।
उनै गायिका माझीको अबस्थाको बारेका खोजि गर्न स्याङ्जा प्रशासनले चासो दिने भएको छ । उनलाई नजरबन्दमा राखेको समाचारहरु मिडियामा आउन थालेपछि उनको बिषयमा खोजी गर्न लागिएको हो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् । उनले भने, ’उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं,’ ।
आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले सम्पूर्ण शक्ति लगाएर भएपनि उनको बिषयमा खोजतलास गर्दिने निरौलाले बताएका छन् ।