

जब बजारको खेलौनाहरुमा बच्चाको नजर गयो।
त्यस लगत्तै बाबा भित्रको बच्चा जस्तो रहर गयो।
************************************
जादा घर किन्ने पैसा लिएर फर्किन्छु भनेको थियो।
तर दुर्भाग्यबस शहर पसेको बर्षनै उस्को घर गयो।
**************************************
उमेर हुन्जेल हो प्रेम प्रस्तावहरु आउने भनेको त।
सम्झनुहोस उमेर गएको दिन प्रेमको अफर गयो।
*************************************
खाडिबाट बाकस भित्र छोरो लास बनेर फर्कियो।
त्यही दिनबाट बुढा बाउ आमाको आस भर गयो।
************************************
बिहे हुन पनि भाग्यमै लेखेको हुनुपर्ने रहेछ यार।
चौहत्तर साल गए जस्तै गरेर आज पचहत्तर गयो।
**************************************