

भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए ।
कानपुर देहात इलाकामा यो घटना भएको हो । यहाँका एक युवकको विवाह मे १३ मा भएको थियो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए जसले उनलाई झट्का दिलायो । यो कुरा युवकले गएर आफ्नी भाउजुलाई सुनाए । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।
युवकलाई उनका ससुराले उनको दोस्रो विवाह उनकी कान्छी छोरीसँग एक महिनाभित्र गराउने बचन दिए । एक महिना बित्दा पनि विवाह नभएपछि यस घटनाबारे पर्दाफास भएको हो । युवकले पुलिस थानामा यसबारे मुद्दा दर्ता गरेका छन् । पुलिसले दुबै पक्षबिच सम्झौता गर्ने कोसिस गरिरहेको छ ।