१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हुरीबाट ज्यान गुमाएकाहरुको १३औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने



अ+ अ-

जनकपुर । प्रदेश नम्बर २ सरकारले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ ।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले १३ औँ पुण्यतिथिको दिन (३० गते) प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले १३ औँ पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले विहान ११ बजे २ मिनेट मृतकको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गर्न समेत आह्वान गरेको छ ।

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री सोनलले जानकारी दिए ।