१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवाकै वर्चस्व, ३५ मध्ये २५ देउवा प्यानलका



फाईल फोटो
अ+ अ-

कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा समूहले वर्चस्व बनाएको छ । ३५ मध्ये २५ केन्द्रीय सदस्य देउवा समूहबाट विजयी भएका छन् । ३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए । डा. शेखर कोइराला समूहबाट खुलातर्फ नौ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

निर्वाचनमा देउवा समूहबाट एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य विजयी भएका छन् । 

त्यसैगरी, कोइराला समूहका अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, दीपक गिरी, डा. गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । यसअघि १३ सदस्यीय पदाधिकारीमा पनि देउवा समूहबाट सभापतिसहित सात पदाधिकारी निर्वाचित भइसकेका छन् । 

शशांकको सबैभन्दा बढी मत 

केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना)को मतगणनामा निवर्तमान महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । कोइरालाले सर्वाधिक तीन हजार आठ सय ३६ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिबाहेकका तीन प्यानलले निवर्तमान महामन्त्री शशांक कोइरालालाई आफ्नो समूहको केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा प्रचार गरेका थिए । तर, कोइरालाले भने आफू कुनै पनि समूहमा नरहेको र स्वतन्त्र उम्मेदवार भएको बताएका थिए । 

केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार 

उदयशमशेर राणा, मदनबहादुर अमात्य, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, अजयबाबु सिवाकोटी, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जय गौतम, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, कृष्णकिशोर घिमिरे, मोहन आचार्य र गणेश लामा पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

खुलातर्फ महिलाको संख्या शून्य 

केन्द्रीय सदस्यतर्फ एकजना महिला पनि आएनन् । ९९ जनामा शारदा पौडेल एक मात्र महिला उम्मेदवार थिइन् । तर, पौडेल पराजित भइन् ।

(नयाँपत्रिका दैनिकमा समाचार छ)