१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्से आज पुनः घट्यो



अ+ अ-

काठमाडौैंं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लागेको छ । बुधबार उकालो लागेको बजारले पुनः आज ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६७ विन्दुले घटेर एक हजार ११२.७९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ विन्दुले घटेर २४६.६५ मा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल १६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता शेयर रु २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये जीवन बीमाको मात्रै शेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको शेयर भने आरोलो लाग्यो ।

जीवन बीमा १८.१२ विन्दुले बढेको छ । यस्तै बैङ्किङ ४.२४, व्यापार २०.०९, होटल ८.६६, विकास बैंक ७.७२, जलविद्युत् ५.७६, वित्त २.१२, निर्जीवन बीमा २८.५८, उत्पादन २६.८६, अन्य २.६१, लघुवित्त ३.२३ र सामूहिक लगानी कोष ०.१४ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार आज कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ३५ लाख ७५ हजार ६३ बराबरको शेयर कारोबार भयो । एनएमबी बैंक रु तीन करोड ५९ लाख ७६ हजार ७०३, नबिल बैंक रु एक करोड १३ लाख ७८ हजार १११, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख २० हजार ५४२ र सानिमा बैंक रु ९८ लाख २८ हजार ३२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज माउण्टेन हाइड्रो ५.२६, पाँचथर पावर ५.०५, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.१४, एक्सेल डेभलपमेन्ट बैंक ३.९३ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६८ प्रतिशतले कमाए । यस्तै, साल्ट टेड्रिङ कर्पोरेशन ५.९३, ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.२४, अरुण भ्याली हाइड्रोपावर ४.०८, नविल इक्विटी फण्डका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।