२ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । ताक्लाकोट सडक पुर्याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उहाँले बताउनुभयो ।

डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल जोड्ने सडक अहिले बिपीनगरदेखि गड्सेरासम्म जोडिएको र केही समयभित्र बाँकी रहेको भागमा समेत जोडिने बताउनुभयोे । उहाँले भन्नुभयो, “बिपीनगर, गड्सेरासम्म सडक जोडिसकेका छौँ, केही दिनमा बाँकी रहेको कामपनि पूरा हुनेछ, विकासका लागि केन्द्र सरकारको भरमा परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन् ।”

मुख्यमन्त्री भट्टले डोटीको जोरायलदेखि गड्सेरा जोड्ने सडकमा यो आर्थिक वर्षमा कुल रु ७७ करोड बजेट विनियोजन गरिएकाले उक्त सडक चाँडै गड्सेरा जोडिएर कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रदेश सरकार लागिपरेको उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासका लागि प्रदेश सरकार खप्तडसहित अन्य पर्यटन क्षेत्रको विकास, सडक सञ्जाल विस्तारमा जुटेको छ । हामी आफ्नै लगानीमा यहाँको विकासका काम गर्नेछौँ ।”

एक प्रसङ्गमा मुख्यमन्त्री भट्टले सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने बताउँदै भन्नुभयो, “म मुख्यमन्त्री हुँ, मैले छोरा छोरी राम्रो नाम चलेको निजी स्कुलमा पढाउन सक्थें तर मेरा छोराछोरी सरकारी स्कुलमा छन्, अब यो प्रदेशका सबै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमा पढाउनुपर्छ ।”

कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महेन्द्र आधारभूत विद्यालयको पढाइदेखि अन्य भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भानुभक्त थापाले विद्यालयको स्तरोउन्नतिका लागि विभिन्न मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो ।