१ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘कर्मचारी व्यवस्थापन हुन नसक्दा बजेट खर्च भएन’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताउनुभएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताउनुभएको हो । सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकशेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उहाँले बताउनुभयो । कर्णालीका विभिन्न स्थानीय तहहरुमा गएर बुझ्दा कर्मचारीको अभावकै कारण दिगो विकासको लक्ष्य पुरा गर्न कठिन भएको उहाँले बताउनुभयो ।

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरुमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताउनुभयो । बजेट विधिअनुसार विनियोजन नभएको, आवधिक योजना स्थानीय तहहरुले नबनाएरै काम गरेकाले कम खर्च भएको उहाँको भनाई छ ।

संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएको १ लाख ३७ हजार ६१२ दरबन्दीमा समाउोजनको समयमा मौजुदा जनशक्ति ९९ हजार ५७२ स्वीकृत दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ । समितिमा सांसदहरुले सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीलाई आमन्त्रण गरेको भएपनि उहाँ सहभागि हुनुभएन् ।