१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

युवतीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ?



अ+ अ-

काठमाडौं । कुनै पनि राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन आँखा झिम्क्याउन जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । त्यस्तै फोन नम्वर र फेसबुक आइडी माग्दै उस्तैले त आई लभ यू नै भनिदिन्छन् । तर केटीहरुको हकमा यो लागू हुँदैन ।

केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी चोरी हेर्छन् । लुकी लुकी हेर्छन । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । तथापि यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन भनेर हाँस्नु मुस्कुराउनु कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन ।

ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्राय मुस्कानलाई नै मुख्य हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजर कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी लुकी नजर जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

बोल्दा अनुहार रातो हुनु यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्न नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन मनै मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।