२ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अनसनरत विद्यार्थीहरुलाई एकवद्धता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता कोइरालादवारा अनसनरत विद्यार्थीहरुलाई एकवद्धता सानेपामा अनसनरत विद्यार्थीहरुलाई एकवद्धता जनाउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताउनुभएको हो । नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरित काम गरिरहेको बताउनुभयो ।

उहाँले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताउनुभएको हो । उहाँले नौ वटा महामन्त्री बनाउनु भागवण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताउनुभयो ।

नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताउनुभयो । नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरित मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिन देखि आमरण अनसनमा बसेका छन् ।