२ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली काँग्रेसको चौधौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ: डा. कोइराला



अ+ अ-

गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुन्छ भने ।

काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा. कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएका थिए । उनले भने,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ । ”

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्छ भने । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।