एक दिन त मरिन्छ
के को डर ?
खै के को डर
कसरी भनुँ ?
मृत्युको भय
बाच्नुको अर्थ ।
मरिन्छ किभनेर मुख छोप्नु पर्ने भो
हातधुनु पर्ने भो,
खानु पर्ने भो,
छोड्नु पर्ने भो ।
आफै संग आफ्नाहरु लुक्नु पर्नेभो ।
जाबो एक बिषाणुसंग सर्बश्रेष्ठ मान्छे झुक्नुपर्ने भो ।
संसार हल्लाउने मान्छे
आज एक मुठी श्वास लिनकालागि
दो मन भएर बाचेको छ
कुनलोकको हावा फेर्नु कुनभुगोलको पानीखानु ।
तिम्रो कायरता देखेर
मृत्य पनि शंसकित छ कि
यो अचानक
कसरी सम्भव भयो ?
के अब मान्छे बाच्दैनन त?
के सबै खुशीहरु अब सिमित भए?
के विज्ञानअभिषाफ सिद्ध भयो ?
के बुद्धिको भाडो माबिर्को लागेकै हो त ?
होईन भनेभष्मासुरको झै
मान्छे
आफैले दिएको बरदानले
आफैलाई नष्ट गर्न खोज्दैछ?
ए मान्छेहरु भन्दापनिमहामानवहरु ।
ए मान्छेहरु भन्दापनिमहामानवहरु ।
अब
एक मृत्युको पनि
मुल्यचुकाउनु पर्छ
हिसाबकिताबहुनेछ ।
देवी प्याकुरेल,
एकान्तबास ।