

प्रा. डा मोदनाथ मरहट्टा
ज्वरो , खोकी सास बढ्न गएमा
टाउको, घाटी, जिउ, दुख्ने भएमा ।
कमजोरी र रुघा झै रहेमा
जचाउन जाउ यी लक्षण भएमा ।
डर चिन्ता हरेश केही नखानु
घर बाहिर जमघटमा नजानु ।
नौलो बस्तु केही पनि नछुनु
साबुनपानीले बारम्बार हात धुनु ।
छ फिटको सामाजिक दुरी
सम्पर्कमा नजाउन केही गरी ।
आफनो अनि घरको सरसफाई
कोरोनाको छैन है केही दवाई ।
बेथा सारो सम्पर्क भएमा
मधुमेह दम प्रेसर रहेमा ।
ब्रम्हअस्त्र सामाजिक दूरी
पालना गरौ संकोच नै नगरी ।
नाक मुख आखामा नछुने
मास्क चश्मा लगाउनु बेश हुने ।
खोक्दा छिक्दा मुख छोप्न लगाउ
आफू बाचौ सबैलाई बचाउ ।
हाम्रो राम्रो संस्कृति संस्कार
हात नमिलाई गरौ ल नमस्कार ।
आफनो रक्षा आफैले गरौ
सरकारको धेरै भर नपरौ ।